आइतबार, साउन ३१, २०८३

छुट्टाछुट्टै स्थानमा ६ जनाको शव फेला

प्रहरीले विभिन्न जिल्लामा मंगलबार ६ जनाको शव फेला पारेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– प्रहरीले विभिन्न जिल्लामा मंगलबार ६ जनाको शव फेला पारेको छ। 

प्रहरीको दैनिक बुलेटिनअनुसार शव भेटिनेमा रामेछाप घर भई बनेपा नगरपालिका–९ काभ्रेमा डेरा बस्ने काजीराम बुढाथोकी, सुनसरीको गढी गाउँपालिका–६ का ४० वर्षीय रामलाल उराव लगायत छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मौलियाकी २४ वर्षीया सुनिता साह पनि आफ्नै कोठामा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् भने धनुषाको सबैला नगरपालिका–९ मा पाल टाँगी बसेका ६७ वर्षीय महमद मोइम बन्जारा पनि पालभित्रै मृत अवस्थामा फेला परेका छन्।

उता पोखरा महानगरपालिका–१७ सितापाइलास्थित बाटो छेउमा ५८ वर्षीया सेती राना मंगलबार मृत भेटिएकी छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मगरघाट पुलबाट रंगशाला जाने सडक छेउमा एक महिला पनि मृत फेला परेकी छन्। सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 11, 2022| 21:10 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।