काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी छन्। राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा उनले पाँडेमाथि श्रद्धाभाव प्रकट गरेकी हुन्। यसअघि उनले सिंहदरबास्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्। यसैबीच राष्ट्रपति भण्डारीले श्रद्धार्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद दिएकी छन्।
ष्ट्रपतिले ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी हुन्।