आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोप कार्डबिना होटल–रेष्टुरेन्ट छिर्न नमिल्ने प्रशासनको आदेश

खोप कार्डबिना होटल–रेष्टुरेन्ट छिर्न नमिल्ने प्रशासनको आदेश

होटल तथा रेष्टुरेन्ट प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने आदेश काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– होटल तथा रेष्टुरेन्ट प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने आदेश काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।

मंगलबार आदेश जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा जान पूर्ण खोप कार्ड अनिवार्य गरेको हो। आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ। 

पूर्ण खोप लगाएको कार्डको फोटो भए पनि हुने प्रशासनले जनाएको छ। प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाइ गर्नेक्रममा मंगलबार यस्तो निर्णय गरेको हो। तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो।

यस्तो छ जिप्रका काठमाडौंको आदेश


प्रकाशित: Jan 11, 2022| 17:16 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।