काठमाडौं– काभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला कोरोनाका कारण स्थगित भएको छ।
जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
पछिल्लो समय कोभिड तीव्र रूपमा फैलिँदै गएको अवस्था हेरेर माघ महिनाभर लाग्ने मेलाका कार्यक्रम नगर्न तथा सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला तथा महोत्सव नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। काभ्रेका १३ वटै स्थानीय तहलाई भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न–नगराउन अनुरोध गरिएको छ।
मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई स्नान गर्न भने दिइने निर्णय भएको छ।