आइतबार, साउन ३१, २०८३

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशूली अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको त्रिशूली अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। अस्पतालमा तोडफोड भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।

स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तले आक्रमण गर्न खोजेपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नभएसम्म सम्पूर्ण सेवा सञ्चालन गर्न नसक्ने अस्पतालले बताएको छ।

विदुर नगरपालिका–७ की २७ वर्षीया एक महिलाको सोमबार राति नर्मल डेलिभरी भएको थियो। सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएका कारण बिरामीको मृत्यु भएको अस्पतालले बताएको छ। आफन्तले भने अस्पतालको लापरवाहीका कराण बिरामीको मृत्यु भएको आरोप लगाएर तोडफोडमा उत्रिएका छन्।

प्रकाशित: Jan 11, 2022| 13:59 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।