आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

पूर्वराजा ज्ञानेन्द्र शाहाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। पूर्वराजा ज्ञानेन्द्रले मंगलबार ३०० औं पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन्।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त मानिन्छ।

शाहवंशीय राजा पृथ्वीनारायण शाले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए। आधुनिक नेपालको राष्ट्रनिर्माताका रूपमा पृथ्वीनारायण शाहलाई पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। 

प्रकाशित: Jan 11, 2022| 13:30 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।