आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यात्रुको स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अनुरोध

यात्रुको स्वागत र बिदाइमा नआउन त्रिभुवन विमानस्थलको अनुरोध

कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रुको स्वागत र बिदाइका लागि विमानस्थल नआउन आग्रह गरेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– कोरोना संक्रमण बढ्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रुको स्वागत र बिदाइका लागि विमानस्थल नआउन आग्रह गरेको छ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अनावश्यक भीडभाड नगर्न र स्वास्थ्य सतर्कता अपनाउन पनि कार्यालयले अनुरोध गरेको छ। हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताका कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि विमानस्थल नआउन कार्यालयले मंगलबार सूचना जारी गरेको छ।

‘यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु आवागमनको चाप र विमानस्थलमा स्थान सीमितताको कारण अति जरुरी बाहेक स्वागत तथा बिदाइ गर्नका लागि मात्र विमानस्थल नआईदिन यस कार्यालयबाट पटक पटक विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक अपिल गर्दा समेत विमानस्थल आउने आफन्तजनको संख्यामा कमी भएको छैन। कोभिड–१९ का विभिन्न भेरिएन्ट उत्परिवर्तन भैरहेको र हालै नयाँ भेरिएन्ट ओमिक्रोनसहित छिमेकी मुलुकहरुमा कोभिड–१९ तीव्र रुपमा फैलिरहेको सन्दर्भ तथा यसको प्रभाव नेपालमा पनि देखिइरहेको अवस्थालाई दृष्टिगत गरी कोभिडको नयाँ भेरिएन्टको संक्रमण समेतबाट आफू बच्न तथा अरुलाई बचाउन विमानस्थलमा अनावश्यक भीडभाड नगरिदिन हुनका साथै हवाई यात्रा गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डहरुको परिपालना गरी गराई मात्र दैनिक हवाई सेवा सुचारु गर्नु गराउनु हुन सम्बद्ध सबै सरोकारवालाहरुसँग विशेष अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

त्यस्तै, अति नै जरुरी अवस्थामा बाहेक भिजिटर पास पनि उपलब्ध नगराइने विमानस्थल कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: Jan 11, 2022| 13:15 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।