आइतबार, साउन ३१, २०८३

रोशन तिमल्सिनाको 'चिरिएका पैताला' बजारमा

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा. रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे। अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै चिरिएका पैतालाले सगरमाथा चढिरहेको बताए।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- रोशन तिमिल्सिनाको नवीनतम कवितासंग्रह 'चिरिएका पैताला' सार्वजनिक भएको छ।पोखरास्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार सरुभक्तले कविता कृतिको विमोचन गरेका हुन्।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रा. रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे। अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै चिरिएका पैतालाले सगरमाथा चढिरहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले रोशनको खुलेरै प्रशंसा गरे। चिरिएका पैतालाको अंश लिँदै उनले भने, ‘वर्षौंदेखि दौडिरहेको युग, आज रोकिएको छ पैताला चिरिएर। यो पो कविता हो, सुन्दर पक्ष हो। रोशनको कवितामा नै सुन्दर भविष्य छ।'

'कलम प्रकाशन'ले बजारमा ल्याएको यस पुस्तकको मूल्य २५० रुपैयाँ रहेको छ।

प्रकाशित: Jan 11, 2022| 11:33 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।