सोमबार, भदौ १, २०८३

उमा खुला कराँतेमा अनु र अस्मितालाई स्वर्ण

चाबहिल चुच्चेपाटीमा आयोजित प्रतियोगिताको महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो) प्रथम भइन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- नेपाल गोजु काई कराँते डो संघको आयोजनामा सोमबारबाट सुरु भएको उमा खुला राष्ट्रिय कराँते प्रतियोगितामा पहिलो दिन नै पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ।

चाबहिल चुच्चेपाटीमा आयोजित प्रतियोगिताको महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो) प्रथम भइन्।

त्यस्तै पुरुषतर्फ  ३० केजी तौलसमूहमा आयुश राई (आनन्दनगर डोजो) ले स्वर्ण जितेका छन्। त्यस्तै, ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो) लाई हराएर अनायन मानन्धर (ठैब डोजो) ले उपाधि जितेका हुन्।

पुरुष ४० केजी मुनि रोजन तामाङ र ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो) ले स्वर्ण जिते। त्यस्तै, ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) ले स्वर्ण जितेका छन्।

प्रतियोगितामा महिला र पुरुषको १०/१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ। २० जिल्ला तथा डोजोहरुबाट २ सय ९ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। कातातर्फ पनि पुरुष र महिलामा प्रतिस्पर्धा हुनेछ। यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ।

शारीरिक रुपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरुका लागि यो विधा थपिएको आयोजक संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए। प्रतियोगिताको बाँकी स्पर्धाको फाइनल खेल मंगलबार (आज) हुनेछ।

२०५८ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संघले हरेक वर्ष दुईदेखि तीनवटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ।

‘हाम्रो नियमित कार्यक्रमअनुसार नै यो प्रतियोगिता आयोजना भएको हो ।सरकारी निकायबाट पनि सहयोग पाएका छौं र त्यसले संघलाई नयाँ उत्साह थपेको छ,’ प्रतियोगिता संयोजक उप्रेतीले भने।

कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन्। सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए। एसियन प्यासेफिक च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ। नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदैछ।

प्रकाशित: Jan 11, 2022| 08:19 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।