सोमबार, भदौ १, २०८३

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

तनहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो।

सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी मुद्दामा फरार रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार रहेका एक, विष्फोटक पदार्थ मुद्दामा फरार रहेका एक, चोरी मुद्दामा फरार रहेका एक, अंशवण्डा मुद्दामा फरार रहेका एक, सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीबाट दुई महिना तीन दिन कैद र ५५ हजार ५०१ जरीवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न अपराधमा सजाय पाएर फरार रहेका प्रतिवादीको पक्राउ अभियान तीव्र पारेको छ। रासस

प्रकाशित: Jan 11, 2022| 07:41 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।