सोमबार, भदौ १, २०८३

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताए।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

रुकुम- जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ। विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो।

ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमको अभियान थालनी गरिएको प्रहरी सहायक निरीक्षक एवं जिल्ला ट्राफीक प्रहरी प्रमुख दमनविक्रम सेनले बताए।

विद्यालयमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराइएको छ। विद्यार्थीलाई ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिकाको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको ट्राफिक प्रमुख सेनले बताएका छन्।

यसैगरी यातायात व्यवस्था ऐन २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ। यसअघि सवारी चालकलाई ट्राफिक नियम पालनाका विषयमा जानकारी गराउँदै आएको ट्राफिक प्रहरीले अब जिल्लाका सबै विद्यालयस्तरमा यो कार्यक्रम गर्ने योजना बनाएको ट्राफिक प्रमुख सेनको भनाइ छ।   रासस

प्रकाशित: Jan 11, 2022| 06:56 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।