काठमाडौं - आज सन् २०२२ को जनवरी ११। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
अमेलियाको पहिलो उडान
सन् १९३५ जनवरी ११ मा एक सेलिब्रेटेड एभियटर्स अमेलिया एयरहर्टले पहिलो उडान गरेकी थिइन्। विश्वकै सेलिब्रेटेड एभियटर्सको छवि बनाएकी अमेलियाले जनवरी ११ मा हुवावेबाट क्यालिफोर्नियामा पहिलो एकल उडान भरेकी थिइन्।
क्यानडाको प्रधानमन्त्री जियन क्रेटिनको जन्म
क्यानडानका पूर्वप्रधानमन्त्री जियन क्रेटिनको सन् १९३४ जनवरी ११ मा जन्म भएको थियो। क्यानेडियन कानुन व्यवसायीसमेत रहेका उनी लिब्ररल पार्टीको राजनीति गर्दै सन् १९९३ मा क्यानडाको प्रधानमन्त्री बनेका थिए। १९ मध्ये १८ औं सन्तानको रुपमा जन्मिएका जियनले सन् २००३ सम्म क्यानडाको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए।
एडमण्ड हिलारीको मृत्यु
न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीको मृत्यु सन् २००८ जनवरी ११ मा भएको थियो। तेन्जिङ नोर्गेको साथमा सन् १९५३ मा उनी पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। सन् १९१९ जुलाई २० मा जन्मिएका हिलारीले सानो उमेरदेखि नै हिमाल आरोहण सुरु गरेका थिए। उनले दोस्रो विश्वयुद्धको समयमा सैन्य सेवासमेत गरेका थिए।
चुरोटले फोक्सो क्यान्सर गराउने कुराको घोषणा
सन् १९६४ जनवरी ११ मा पहिलो पटक चुरोटले फोक्सो क्यान्सर गराउने घोषणा गरिएको थियो। अमेरिकी सर्जन जनरल लुथर एल टेरीले पहिलो पटक चुरोटको सेवनले फोक्सोको क्यान्सर गराउने घोषणा गरेका थिए।
दूध पहिलो पटक गिलासमा
सन् १९७८ मा न्युयोर्क सहरमा पहिलो पटक गिलासमा राखेर डेलिभर गरिएको थियो।