आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काजकिस्तान द्वन्द्व : रुसी सेना केही समय अझै रहने, चीनले भन्‍यो- स्थिरताका लागि सहयोग गर्छौं

काजकिस्तान द्वन्द्व : रुसी सेना केही समय अझै रहने, चीनले भन्‍यो- स्थिरताका लागि सहयोग गर्छौं

कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले द्वन्द्व समाधार र स्थिरताका लागि सहयोग गर्ने बताएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काजकिस्तान-  कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले द्वन्द्व समाधार र स्थिरताका लागि सहयोग गर्ने बताएका छन्।

National life

कजाकिस्तानको भविष्यसँग सम्बन्धित यस महत्त्वपूर्ण घडीमा स्थायित्व कायम गर्न र हिंसा रोक्न कजाकिस्तानलाई दृढतापूर्वक साथ दिन इच्छुक रहेको चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले सोमबार बताएका छन्। 

कजाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मुखसँगको फोन वार्ताका क्रममा वाङले उक्त टिप्पणी गरेका हुन्। 

त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी "सीमित" अवधिको लागि मात्र रहने बताएका छन्। 

'सीएसटीओ शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको छ -- र म यो कुरामा जोड दिन चाहन्छु -- त्यो सीमित अवधिको लागि मात्र हो,' पुटिनले भने।

Laxmi sunrise bank
kumari

कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ ।

कजाकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि  सीएनएनले रिपोर्ट गरेको छ। 

कजाकिस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तिमा ५,१३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।


प्रकाशित: Jan 10, 2022| 23:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।