आइतबार, फागुन २४, २०८२

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण

भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट संक्रमित भएका छन्। सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उहाँमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

नयाँ दिल्ली- भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट संक्रमित भएका छन्। सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उहाँमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्। 

National life

सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बस्नु भएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ। 

मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु, सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्। 

रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्। 

उनले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गरेका थिए। 

Laxmi sunrise bank
kumari

भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्यांकले देखाएको छ। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन्।  

अघिल्लो दिनको तुलनामा १३.२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन्। मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित भएका छन्। 

ओमिक्रोनबाट सङ्क्रमितमध्ये एक हजार ५५२ जना भने अहिले सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। 

गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ। भारतमा अहिले कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको छ। 

भारतमा पछिल्लो एक दिनमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। सन् २०२१ को जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jan 10, 2022| 21:56 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।