सोमबार, भदौ १, २०८३

'पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’

“काठमाडौंलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण काम हो, दक्षिणबाट इष्ट इण्डिया कम्पनी र इस्लामिक नबाबले आँखा लगाएका बेला नेपाल एकीकरण गरेर शाहले महत्वपूर्ण योगदान दिनुभएको छ,' मन्त्री आलेले भने।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले दिएको दिव्योपदेश अहिले पनि मार्गदर्शक रहेको बताएका छन्। शाहको ३०० औं जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आज संयुक्त रुपमा आयोजना गरेको ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार गोष्ठीमा उनले शाहका नीति र विचार दूरदर्शीयुक्त भएको उल्लेख गरे।

“काठमाडौंलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण काम हो, दक्षिणबाट इष्ट इण्डिया कम्पनी र इस्लामिक नबाबले आँखा लगाएका बेला नेपाल एकीकरण गरेर शाहले महत्वपूर्ण योगदान दिनुभएको छ,' मन्त्री आलेले भने। 

नारायणहिटी दरबार सङ्ग्रहालय र पशुपति क्षेत्रको धर्मशालाका विषयमा छानबिन गर्न गठन भएको समितिले आजै प्रतिवेदन दिन लागेको जानकारीसमेत कार्यक्रममा उनले गराएका थिए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले पृथ्वीनारायणले बिसे नगर्चीलाई भेटेर नेपाल एकीकरणमा सहयोग माग्नु र उनले एकमोहर दिनुले नै जनसहभागिताको पुष्टि गर्ने बताए। बिसे नगर्चीले तत्कालीन गोरखा राज्यमा बसोबास गर्ने १२ हजार घर परिवारसँग एक मोहरका दरले सहयोग जुटाएर अघि बढ्न सुझाव दिएको विषयले नेपाल एकीकरणमा जनसहभागिता थियो भन्ने विषयलाई पुष्टि गर्ने उनले सुनाए।

प्रज्ञा प्रतिष्ठानका सामाजिक विभाग प्रमुख दीनेशराज पन्तले विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुअघि नेपाल ५२ राज्यमा विभक्त भएको उल्लेख गर्नुहुँदै राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म सीमा विस्तार गर्न सफल भएको बताए। उनको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको उल्लेख गरे।

ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले काठमाडौं विजयपछि पृथ्वीनारायणले नेवारी भाषा सिकेर बोल्न थाल्नुले पनि उनको कूटनीतिक क्षमतालाई प्रष्ट पार्ने विचार राखे। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले देशमाथि सांस्कृतिक, आर्थिक र भौगोलिक रुपमा आक्रमण भएका बेला शाहका विचार महत्वपूण हुने बताए। 

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको नेतृत्वमा भएको एकीकरण अभियानमा सबै जातजाति एवं भाषाभाषीको सहभागिता रहेको बताए। कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतले विजय प्राप्त गरेका स्थानमा जनविद्रोह हुन नदिनुले पृथ्वीनारायणको कूटनीतिक चातुर्यता प्रदर्शन गर्नेमा जोड दिएका थिए।

प्रकाशित: Jan 10, 2022| 21:05 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।