सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री आलेले भने– बतास समूहलाई कारबाही गर्न कसैले रोक्दैन, प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ

मन्त्री आलेले भने– बतास समूहलाई कारबाही गर्न कसैले रोक्दैन, प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले विदेशबाट नेपालको माया गर्नेहरुले फोन गरेर ध्यानाकर्षण गराएपछि नारायणहिटी संग्रहालयमा भइरहेको कामबारे आफूले चासो राखेको बताएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले विदेशबाट नेपालको माया गर्नेहरुले फोन गरेर ध्यानाकर्षण गराएपछि नारायणहिटी संग्रहालयमा भइरहेको कामबारे आफूले चासो राखेको बताएका छन्। 

संग्रहालय परिसरमा बतास समूहले बनाइरहेको संरचनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गरेपछि मन्त्री आलेले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही अगाडि बढाइने बताए। 

‘देशविदेशबाट खबरदारी गरेपछि सुक्ष्म तरिकाले अध्ययन गरें। त्यसक्रममा १४ रोपनीमा पक्की संरचना निर्माण गरेको पाइयो। छानबिन प्रतिवेदनले पनि यो कुरा औंल्याएको छ,’ मन्त्री आलेले भने। 

अनधिकृत रुपमा संग्रहालय परिसरमा पक्की संरचना बनाउँदा पनि नारायणहिटी संग्रहालय विकास समिति मूकदर्शक बन्नु दुःखलाग्दो भएको मन्त्रीले आलेले बताए। ‘विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले हेर्नुपर्थ्यो, त्यो हुन नसक्दा दुःख लागेको छ। अब त्यसलाई संरक्षण गर्ने मेरो कर्तव्य हो।’ 

बतास समूहको राम्रो कनेक्सन प्रधानमन्त्री शेरबहादुर सँग रहेछ, कारबाही गर्न सक्नुहुन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री आलेले भने, ‘कारबाही गर्नकै लागि छानबिन समिति गठन भएको हो। प्रधानमन्त्रीले त मलाई धन्यवाद भन्नुभएको छ यो सक्रियताका लागि।’

अन्य ठाउँमा पुरातात्विक सम्पदाहरुमा अतिक्रमण भएको भनेर उजुरी आएको बताउँदै उनले त्यसको खोजबिन गरिने बताए।

नारायणहिटीमा भइरहेको अनधिकृत निर्माणबारे छानबिन गर्न २२ पुसमा ३ दिनको समय दिएर छानबिन समिति गठन भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतमा बनेको समितिले मन्त्री प्रेम आलेलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रतिवेदनले क्यान्टिन सञ्चालन गर्दा ऐन मिचिएको, सार्वजनिक खरिद ऐन विपरीत काम भएको, नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक मौन बसेको, चलनचल्तीको भन्दा निकै कम रकममा ठेक्का सम्झौता भएको लगायत कैफियत औंल्याएको छ।



प्रकाशित: Jan 10, 2022| 16:41 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।