सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान् नायक हुन् : मन्त्री आले

पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान् नायक हुन् : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डउनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताएका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डउनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताएका छन्।  ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार गोष्ठीमा सोमबार बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्। 

उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक रहेको बताए। मन्त्री आलेले नेपालीले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताए।

मन्त्री आलेले भने, ‘पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान  नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ।’ 

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्त्व र उपयोगितालाई ग्रहण गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: Jan 10, 2022| 15:28 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।