काजकिस्तान- काजकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने पाँच हजार भन्दा बढीलाई हिरासतमा राखिएको छ।
काजकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।
काजकिस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार काजकिस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तिमा पाँच हजारबढी व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
इन्धनको मूल्यमा भएको ठुलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन्। काजकिस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता हो र मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालन सहित सङ्कटकालको घोषणा गरेको छ। सिन्ह्वा