बिहीबार, साउन ७, २०८३

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

दुर्घटनामा परी ३२ घाइते भएका थिए। ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

गेराइस- ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू-गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ।

दुर्घटनामा परी ३२ घाइते भएका थिए। ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ। 

उक्त घटना शनिबार दिउँसो भएको थियो। मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठुलो चट्टान खसेको थियो।

शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू-गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने अनुमान गरेका छन्। सिन्ह्वा


प्रकाशित: Jan 10, 2022| 12:50 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।