काठमाडौं- झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको हो।
भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान बेहोस भएकोले उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बालिकाको मृत्यु थियो। त्यसपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याई छोडेको बुझिएको छ।
ठकुरीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।