आइतबार, फागुन २४, २०८२

नाइजेरियामा लुटेराहरूको आक्रमण, २०० को मृत्यु

लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

अबुजा- लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु हुनेहरुको संख्या २०० भन्दा बढी पुगेको छ। हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

National life

यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो। लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ। 

स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन्।आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन्। 

उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन्। आक्रमणकारीहरूले घर-घरमै गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ। घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताएकी छन्।  

घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। ‘विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,’ उनले भनिन्। 

Laxmi sunrise bank
kumari

विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिइन्। 

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले सङ्घर्ष गरिरहनु परेको छ। 

सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ। तर हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन्।  एएफपी


प्रकाशित: Jan 10, 2022| 10:55 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।