सोमबार, भदौ १, २०८३

कालिजलाई हानेको गोलीको छर्रा लागेर एक युवकको मृत्यु

स्याङ्जामा कालिजलाई मार्न हानेको गोलीको छर्रा लागेर एक युवकको मृत्यु भएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- स्याङ्जामा कालिजलाई मार्न हानेको गोलीको छर्रा लागेर एक युवकको मृत्यु भएको छ। कालिखर्क जंगलमा  कालिजको शिकार गर्ने क्रममा गोलीको छर्रा लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनापछि फरार रहेका ६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विकलाई पक्राउ गरिएको प्रहरीद्ये जनाएको छ। सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई पनि बुटवल बसपार्कबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: Jan 10, 2022| 10:40 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।