आइतबार, फागुन २४, २०८२

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ को मृत्यु

सो घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

न्युयोर्क- अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ। सो घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्।

National life

उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्। अरु कैयौँ व्यक्ति घाइते भएका छन्। प्रारम्भिक समाचारअनुसार त्यस आगलागीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिए।

समाचार माध्यमहरुले आगलागीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठुलो दुर्घटना भएको बताएका छन्। कतिपय मिडियाले यो आगलागी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन्। न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो।

आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए। अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन्। आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। तर अधिकारीहरुले करेन्ट सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। न्युयोर्कटाइम्स

आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो। अहिले आगो नियन्त्रणमा आएको बताइएको छ। तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ। न्युयोर्कटाइम्स

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 10, 2022| 09:10 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।