काठमाडौं- काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको ज्यान गएको छ।
दुर्घटनामा परी कालिकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको प्रहरीले जनाएको छ।
विकलाई काठमाडौंको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो। २२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
गौतमलाई काठमाडौंको मीनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो।
६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।