आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मास्क लगाउनुस्, दिल्लीमा हुनेछैन लकडाउन : अरविन्द केजरीवाल

मास्क लगाउनुस्, दिल्लीमा हुनेछैन लकडाउन : अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्ध लड्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्ध लड्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

National life

दिल्लीमा पूर्ण लकडाउन हुने आशंका चलिरहेको समयमा केजरीवालले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दा लकडाउन अवस्था सिर्जना नहुने बताएका छन्। 'सामाजिक दूरी कायम गर्नुहोस्। मास्कको प्रयोग अनिवार्य गर्नुहोस्। स्वास्थ्य सावधानी अपनाउँदा चिन्ता गर्नुपर्ने अवस्था छैन,' उनले भनेका छन्।

उनले मानिसको दैनिकी सहज रूपमा चलाउनका लागि पनि लकडाउन उत्तम विकल्प नभएको बताएका छन्। कोरोना संक्रमण निको भएसँगै केजरीवालले डिजिटल प्रेस कन्फ्रेन्स (डीडीएमए)सँग समीक्षात्मक बैठक गरेका छन्।

उनले अघिल्ला संक्रमणको तुलनामा यस पटक गम्भीर प्रकारका बिरामीको संख्या कम रहेको र अस्पताल जाने क्रम पनि न्यून रहेकाले जनतालाई नआत्तिन आग्रह गरेका छन्।

प्रकाशित: Jan 10, 2022| 07:57 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।