आइतबार, फागुन २४, २०८२

इजरायलका साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप

अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

जेरुसेलम- इजरायलका दुई लाख ५० हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको चौथो खोप दिइएको छ। 

National life

कोरोना भाइरसका नयाँ-नयाँ भेरियन्टहरू देखिँदै थप तिव्रताका साथ फैलिन थालेपछि अतिरिक्त खोप लगाउने क्रममा इजरायलमा चौथो खोप लगाउन थालिएको हो। अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन्।

केही दिन अगाडि सुरु भएको चौथो खोप लगाउने अभियानअन्तर्गत सुरुमा अग्रपङ्क्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरूलाई लगाउने गरिएको छ। चौथो खोप लगाउने अभियान अत्यन्त प्रभावकारी र तीव्ररूपमा भइरहेको प्रधानमन्त्री नाफ्ताली बेन्नेटले जानकारी दिए। 

आइतबार मात्रै पाँच हजार जनालाई अतिरिक्त खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ। सोही अवधिमा नयाँ संक्रमितहरूको संख्या भने १७ हजारभन्दा धेरै रहेको छ। इजरायलमा गत सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो। 

तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ। देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले अघिल्लो आइतबार मात्रै गरेको हो। कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ।   सिन्ह्वा

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 10, 2022| 07:50 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।