दाङ- पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी नौ जना यात्रु घाइते भएका छन्।
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना५ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका-५ दोलही खोला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार घाइतेहरूको लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको छ।
तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।