आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

दमासकस- सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

National life

दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतंककारीहरुले राखेका विस्फोटक पर्दाथ विस्फोटमा परी तीन सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ। 

सिरियाको उत्तरी सीमावर्ती शहर ताल अब्यादबाट एक सैन्य गाडी गुज्रिरहेको बेला विस्फोट भएको स्थानीय डेमिरोरेन समाचार एजेन्सी (डीएचए) ले जनाएको छ।टर्कीका सेना र यस क्षेत्रका वाईपीजी सदस्यहरूबीच सिरियाली सीमामा प्रायः गोलाबारी हुने गरेको पाइन्छ ।  

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएका र यसैक्रममा ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ।

प्रकाशित: Jan 10, 2022| 00:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।