आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काबुल-  अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन्। उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ। 

National life

इरानले तालिबानलाई मान्यताको माध्यमका रुपमा समावेशी सरकार गठन गर्न आग्रह गरेको छ। इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो। 

यसले अफगानिस्तानको जातीय र जनसख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो पछिल्लो प्रेस सम्मेलनमा भनेका छन्।

इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई हस्तान्तरण गर्ने इरानको समाचार वेबसाइटले शनिबार जनाएको छ। 

इरानी सरकारले अहिलेसम्म तालिबान सरकारलाई मान्यता दिएको छैन, तर इरानमा अफगान नागरिकहरुको मामिला हेर्नको लागि तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई सुम्पिने जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2022| 23:50 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।