सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना बढेपछि 'स्मार्ट लकडाउन', सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

कोरोना बढेपछि 'स्मार्ट लकडाउन', सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि स्मार्ट लकडाउनको कार्यविधि लागु गर्ने कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले निर्णय गरेको छ। स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालल बताइन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि स्मार्ट लकडाउनको कार्यविधि लागु गर्ने कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले निर्णय गरेको छ। स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता नेपालल बताइन्।

सीसीएमसीले सार्वजनिक स्थानमा कडाइ सभा, सम्मेलनलाई प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको छ।  माघ ३ गतेबाट सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी कार्यान्वयन हुने उनले जानकारी दिइन्। 

सीसीएमसीका प्रवक्ता सुनिता नेपालले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी माननिसहरु भेला हुन पनि रोक लगाउने निर्णय गरेकोसमेत जानकारी दिएका छन्। उनका अनुसार सार्वजनिक स्थालमा भेला हुनेले कोभिड-१९ विरुद्धको खोप लगाएको हुनुपर्ने छ। 

कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने निर्णयसमेत सीसीएमसीले गरेको छ। सीसीएमसीले गरेको निर्णय मन्त्रिपरिषद्‌बाट पारित गरेर कार्यान्वयन गरिनेसमेत प्रवक्ता नेपालले जानकारी दिएकी छन्।

त्यसैगरी सार्वजनिक स्थानमा एन्टीजेन्ट परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। होल्डिङ सेन्टरलाई चालु अवस्थामा राख्‍न निर्देशन दिएको र बजेट व्यवस्थापन गर्न मन्त्रालययलाई अनुरोध गरिएको छ। पछिल्लो २४ घण्टामा देशभर एक हजार १६७ कोरोना संक्रमित फेला परेका छन्। गत आइतबारको तुलनामा यो आइतबार पाँच गुणा बढीमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

 

प्रकाशित: Jan 09, 2022| 19:02 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।