सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तान्त्रिक विधिबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी बालिकाको हत्या

तान्त्रिक विधिबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी बालिकाको हत्या

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- तान्त्रिक विधिबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी एक बालिकाको हत्या भएको पाइएको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो। 

हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ। लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्‍नेलगायतका शारीरिक र मानसिक समस्या भएपछि बालिकालाई उपचार गराउनभन्दै काठमाडौं रानीवनमा रहेकी माता उर्मिला तामाङ शाहीको टहरोमा पुर्‍याइएको थियो। 

माताले आफूलाई दैवी शक्ति, प्राप्त भएको भन्दै आफैसँग रहेको त्रिशुलले बालिकाको शरिरका विभिन्‍न भागमा अन्धाधुन्ध प्रहार गरेको पाइएको छ। त्रिशुलले बालिकाको तिघ्रा, खुट्टा लगायत शरीरका विभिन्न भागमा प्वाल नै परेको आफन्तहरुले जनाएका छन्। उपचारको नाममा माता बस्दै आएको टहरोभित्र लगेर निर्ममतापूर्वक कुटपिट भएको छिमेकीहरुले बताएका छन्। 

झारफुकबाट उपचारका लागि बालिकालाई तीन सातादेखि माताको टहरोमा राखिएको थियो। माताले नै परिवारलाई खबर गरेपछि अस्पताल लगिएको थियो। अस्पताल लगेको केही समयपछि बालिकाको मृत्यु भएको थियो।  बालिकाको मृत्युपछि आफन्तहरुले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जानकारी गराएको र प्रहरीले मातासहित दुई पुरुषलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 09, 2022| 17:29 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।