आइतबार, फागुन २४, २०८२

११ पटक खोप लगाएको दाबी गर्नेविरुद्ध उजुरी

कोरोना भाइरसविरुद्धको खोप ११ पटक लगाएको दाबी गर्ने भारतको बिहार राज्‍यको मध्यपुराका ८४ वर्षीय वृद्धविरुद्ध उजुरी दर्ता गरिएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

नयाँदिल्ली- कोरोना भाइरसविरुद्धको खोप ११ पटक लगाएको दाबी गर्ने भारतको बिहार राज्‍यको मध्यपुराका ८४ वर्षीय वृद्धविरुद्ध उजुरी दर्ता गरिएको छ।  

National life

मध्यपुराको उदाकिशुनगञ्‍ज प्रखण्डको ओरसाई गाउँमा बस्‍ने ८४ वर्षीय ब्रहमदेव मण्डलविरुद्ध मध्यपुरा प्रहरी चौकीमा उजुरी दर्ता गरिएको हो। उनले यसअघि ११ पटक कोरोनाविरुद्धको खोप लगाएको दाबी गरेका थिए। 

हुलाक विभागबाट सेवानिवृत भएका ब्रह्मदेव मण्डलले यसअघि खोप लगाएपछि आफूलाई निकै राहत मिलेकोसमेत दाबी गरेका थिए। जसका कारण आफूले बारम्बार खोप लगाएको उनले बताएका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र पुरैनीले उनीविरुद्धको उजुरी दर्ता गराउँदै कारबाही माग गरेको हो। यस विषयमा मध्यपुराका चिकित्सक अब्दुस सलामले भने, 'अलग-अलग ढंगबाट अलग-अलग पहचानबाट उनले कोरोनाविरुद्धको खोप लगाएको पाइएको छ। भविष्यमा यस्ता घटना नहोस् भन्‍नका लागि उनीविरुद्ध उजुरी गरिएको हो।' 

उनले आठपटक आधार कार्डमार्फत, एक पटक मोबाइल नम्बरका आधारमा र तीन पटक मतदाता परिचयपत्रका आधारमा खोप लगाइएको पाइएको छ। 

Laxmi sunrise bank
kumari

मध्येपुरा प्रहरी प्रमुख राजेश कुमारले उक्त उजुरीमाथि कारबाही सुरु भइसकेको र उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जानकारी भारतीय समाचार एजेन्सी एएनआईलाई दिएका छन्। 


प्रकाशित: Jan 09, 2022| 16:00 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।