आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमण तीव्र बनेपछि नयाँदिल्लीमा फिल्म हल र जिमखाना बन्द

कोरोना संक्रमण तीव्र बनेपछि नयाँदिल्लीमा फिल्म हल र जिमखाना बन्द

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ।
 |  बुधबार, पुस १४, २०७८

बीबीसी

बीबीसी

बुधबार, पुस १४, २०७८

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहे पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताए। ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो।

Kumaribank

लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्।

चेतावनीसँगै फिल्म हल र जिमखाना बन्द गरिएका छन्। सपिङ सेन्टर र पसल जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको छ।

दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ भने शिक्षण संस्था बन्द भइसकेका छन्। विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ। दिल्लीको मेट्रो रेल, रेस्टुराँ र बारलाई तिनको क्षमताको ५० प्रतिशत मानिस मात्रै रहनेगरी सञ्चालन गर्न दिइएको छ।


प्रकाशित: Dec 29, 2021| 11:40 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।