शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौतापत्रमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरे।

यस सम्झौताअन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स,  राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैंकिङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिनसकिनेछ । साथै, राष्ट्रिय वाणिज्य बैंकबाट पठाएको आन्तरिक रेमिट्यान्स पनि नेपालभरी रहेका इसेवामनी ट्रान्सफरका १०,००० भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ। 


प्रकाशित: Dec 22, 2021| 14:35 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्