शुक्रबार, असोज १६, २०८३

एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ।

यसर्थ,  आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्न २२ पुसमा साधारणसभा बोलाएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०: ३० बजे सुरु हुनेछ। 

प्रकाशित: Dec 21, 2021| 13:45 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्