काठमाडौं- नेपाल राष्ट्र बैंकले वस्तु आयातमा कडा नीति लिएको छ। मुलुकको शोधनान्तर घाटा डेढ खर्ब नाघेपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो।
अब केही वस्तुहरुको आयात गर्दा बैंकबाट ऋण लिन नपाइने भएको छ। व्यवसायीले जति परिमाणको वस्तु ल्याउने हो, त्यसमा लाग्ने खर्च आफैंले बैंकमा जम्मा गर्नुपर्छ। यसअघि बैंकबाट ऋण लिएर वस्तु आयात गर्न पाइन्थ्यो।
बैंकबाट ऋण लिएर आयात गर्न नपाइने वस्तुमा चिनी, चकलेट, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सुर्तिजन्य वस्तु, परफ्युम, कस्मेटिक सामान, काठका वस्तु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आदि छन्। यीसहित सुनचाँदी जस्ता बहुमूल्य वस्तु आयात गर्न पनि बैंकबाट ऋण लिन नपाइने भएको छ।
राष्ट्र बैंकले सवारीसाधन आयातमा पनि ५० प्रतिशतमात्र बैंक ऋण लिन पाउने सुविधा दिएको छ।