शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंको पुतलीसडकमा खुल्यो सिटिस्केप थकाली रेष्टुरेन्ट

काठमाडौंको पुतलीसडकमा खुल्यो सिटिस्केप थकाली रेष्टुरेन्ट

काठमाडौंको पुतलीसडकस्थित कम्प्युटर बजारको भवनमा ‘बजेटमा लक्जरी’ नाराका साथ सिटिस्केप थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– काठमाडौंको पुतलीसडकस्थित कम्प्युटर बजारको भवनमा ‘बजेटमा लक्जरी’ नाराका साथ सिटिस्केप थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ। अस्ट्रेलियाबाट फर्किएर पोषण नेपाल र पूजन नेपालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। 

यसअघि डिल्लीबजारमा ‘हाँडी बिरयानी’ नामको रेष्टुरेन्ट सुरु गरेका नेपाल दाजुभाइले मौलिक नेपाली ठाउँ विशेष अनुसारका परिकार पस्कने उद्देश्यले सिटिस्केप थकाली रेष्टुरेन्ट व्यवसाय सञ्चालन सुरु गरेका हुन्।

रेष्टुरेन्टको उद्घाटन नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलीसिटी भल्कले गरेका थिए। राजदूत भल्कले उद्घाटन गरेसँगै शुक्रबारदेखि सबै ग्राहकलाई रेष्टुरेन्ट खुला भएको छ। 

हाँडी बिरयानीलाई सबैले मन पराइदिएकाले विदेशी परिकारका खानासहित नेपाली ठाउँ विशेष अनुसारको खाना ग्राहकलाई खुवाउने उद्देश्यले सिटिस्केप थकाली रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक पोषण नेपालले बताए। उनका अनुसार रेष्टुरेन्टले नेपाल, ग्रिस, ब्रिटेन र अष्ट्रेलिया गरी चार देशको प्रतिनिधित्व गर्नेछ। उनले भने, ‘विशेष गरेर नेपाली मौलिक खाना, त्यो पनि ठाउँ विशेषका परिकार रेष्टुरेन्टमा आफैं बनाएर ग्राहकलाई खुवाउँछौं।’

अर्का सञ्चालक पुजन नेपालले नेपालमा व्यवसाय गर्ने चाहना भएकाले युवाले कुनै पनि सरकारी झन्झटबिना आफ्नो चाहना अनुसार व्यवसाय गर्न सकिने बताए। रेष्टुरेन्टमा नेपालका चर्चित विभिन्न ठाउँ विशेष परिकार माझीकुनाको माछा, नौ डाँडाको भाले, रौतहटको कटिया, चितवनको तास, पाल्पाको चुकौनी, बुटवलको साग सुकुटी, ताप्लेजुङको फाक्सा, पूर्वेली पक्कु र नेपालगञ्जको बिरयानीको स्वाद चाख्न पाइन्छ।

प्रकाशित: Dec 20, 2021| 16:50 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्