काठमाडौं- नेपालमा नै उच्च शिक्षा लिन चाहना विद्यार्थीहरुलाई लक्षित गरी यही पुस ८ र ९ गते शैक्षिक मेला हुने भएको छ।
भिजन मिडिया इन्कपोर्शेन र एजुकेशन डटकमको सहकार्यमा 'स्वदेशमै शिक्षा सबैको इच्छा' भन्ने मुख्य उद्देश्यका साथ स्टडी इन नेपाल मेला आयोजना गर्न लागिएको जनाइएको छ।
मेला काठमाडौंको बानेश्वरस्थित एभेरेस्ट होटलमा हुने भएको छ।
पुस ८ र ९ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध कलेजहरुले विद्यार्थीहरुलाई नि:शुल्क परामर्श दिने भएका छन्।