शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा चार सयले घट्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 19, 2021| 11:21 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्