शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुसभित्र ३० प्रतिशत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

पुसभित्र ३० प्रतिशत खर्च गरिसक्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरूलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न मन्त्रालयहरूलाई आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा शुक्रबार पुँजीगत खर्चसम्बन्धी मन्त्रालयगत छलफलमा मन्त्री शर्माले मन्त्रालयहरूलाई विकास खर्च चाँडो गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा ढिलासुस्ती गर्न मिल्दैन, गर्न पाउँदैन र गर्नेछैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ उनले सबैलाई आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट खर्च गर्न आग्रह गरे। उनले भने, ‘समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने उनले प्रतिबद्धता जनाउँछु।’ 

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिनेसमेत मन्त्री शर्माले सचिवहरूलाई निर्देशन दिएका छन्।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत सहभागी थिए।

प्रकाशित: Dec 17, 2021| 15:43 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्