काठमाडौं– मेगा बैंकले १२.०७ प्रतिशत लाभांश पारित गरेको छ।
काठमाडौंमा सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकमबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो ।
त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रुपैयाँ ७६ पैसा बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७७४ रुपैयाँ ६२ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायत कार्यका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।