काठमाडौं– वात्सल्य नेचुरल आईभी एफले देशका प्रमुख ४ सहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन् समबन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यले देशका विभिन्न ४ सहर (पोखरा, विर्तामोड, नेपालगन्ज र जनकपुर) मा एक–एक दिनको शिविर आयोजना गर्न लागेको जनाएको छ ।
शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा। आकृति भारतीको संलग्नता रहने जनाइएको छ ।शिविरमा सेवाग्राहीहरूले आफ्नो प्रजनन् अवस्था सम्बन्धी छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न र सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न जनाएको छ ।