शुक्रबार, असोज १६, २०८३

बजाजको नयाँ सोरुम बर्दियाको गुलरियामा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले बर्दियाको गुलरियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’ को उद्घाटन गरेको छ।

बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि सोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

नयाँ सोरुमले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने जनाएको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।


प्रकाशित: Dec 17, 2021| 15:50 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्