काठमाडौं– जगदम्बा मोटर्सले, बुटवलको एक्स्ल्युसिभ सोरुमबाट नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ। युवा लक्षित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स भएको उक्त मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उपस्थितिमा उक्र ब्रान्ड सार्वजनिक भएको हो।
युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आइटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।