शुक्रबार, असोज १६, २०८३

आज पनि एक हजारले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको थियो। 

प्रकाशित: Dec 17, 2021| 10:53 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्