शुक्रबार, असोज १६, २०८३

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ।

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ। 

सन्‌राइज बैंकले गत वर्षको नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ। बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १०: ३० बजेदेखि सुरू हुनेछ। सभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ।

प्रकाशित: Dec 16, 2021| 15:00 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्