शुक्रबार, असोज १६, २०८३

प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार, २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- प्रभु बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ।

यसअनुसार,  २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ। 

प्रभुले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ। बैंकले १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ।

सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सहभागिता जनाउन सकिनेछ।

प्रकाशित: Dec 16, 2021| 14:30 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्