शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मनकामना स्मार्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ।

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नु पर्नेछ। 

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर वितरण गर्दै छ। लघुवित्तले १९ पुसमा चौथो वार्षिक साधारणसभा बोलाएको छ। सभा होटल पैवा, सिद्धार्थनगर रुपन्देहीमा दिउँसो २ बजे सुरु हुनेछ।

प्रकाशित: Dec 16, 2021| 14:00 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्