शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा

ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् एजेण्डा

सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो।
 |  बिहीबार, पुस १, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १, २०७८

काठमाडौं- ज्योति विकास बैंकले २३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो।

सभामा ११ प्रतिशत बोनस सेयर र चार दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ। अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, अधिकृत पुँजी पाँच अर्ब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव छ। त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। 

बैंकले सभा प्रयोजनार्थ ९ पुसमा बुक क्लोज गर्ने भएको छ। यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Dec 16, 2021| 13:45 बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्