काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७ दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ। बैंकले बुधबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो।
आवेदन दिने अन्तिम म्याद ७ पुससम्म रहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मकबोलपत्रमा सहभागिता जनाउन सक्नेछन्।
लगानीकर्ताले यसमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
बैंकले यसअघि २५ असोजदेखि २१ कात्तिमसम्म २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता (३० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो। बैंकले अहिले सो अवधिमा बिक्री नभएको सेयर लिलामीमार्फत् बिक्रिमा ल्याएको हो।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ। हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्नेछ।